सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, लीलाको सुरु, त्यसपछि रविको « Khabarhub

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, लीलाको सुरु, त्यसपछि रविको


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पोखरा-  गोर्खा मिडिया नेट्वर्कका पूर्वउपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग जिल्ला अदालत कास्कीमा मंगलबार बयान सकिएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईको इजालसमा बयान सकिएको हो । अदालतमा जोशीको बयान सकिएपछि अब अन्यको पालो छ ।

सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लीला पछाईसँग बयान सुरु भएको छ।

अदालत लगिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज बयान लिइएन ।

पछाईको बयान सकिएपछि मात्रै लामिछानेको पालो आउने बताइएको छ ।

मंगलबार लामिछाने, पूर्व डीआईजी एवम् गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक जोशी, लीला पछाई र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो । कृष्णबहादुर गुरुङ अस्वस्थ भएकाले अस्पतालमै छन् ।

यसअघि आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ५२ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै