सरकारलाई सर्वोच्चको प्रश्न : सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ ? « Khabarhub

सरकारलाई सर्वोच्चको प्रश्न : सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ ?


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीपीडितको समस्याबारे सर्वोच्च अदालतले प्राथमिकताका साथ चासो राखेको छ । सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ भन्दै अदालतले सरकारलाई प्रश्न सोधेको छ ।

सहकारीपीडितको समस्या समाधानमा सरकारले ध्यान नदिएको भन्दै बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि मंगलबार सुनुवाई गर्दै विभिन्न मन्त्रालयका सचिवहरुलाई माघ ७ गते अदालतमा छलफलका लागि आफैं उपस्थित हुन भनिएको छ ।

साथै सहकारीसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भए–नभएको समेत जानकारी पेश गर्न अदालतले सरकारका नाममा आदेश दिएको छ ।

सहकारी पीडितसम्बन्धी यो मुद्दालाई हेर्दाहेर्दैको सूचीमा राखेर आगामी माघ ७ गते पेशीमा चढाई विपक्षी (सरकार) सँग छलफल गर्ने आदेश अदालतले जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।

हेर्नुहोस् आदेशको व्यहोरा–

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ५६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक