विपन्न परिवारलाई चुलो वितरण « Khabarhub

विपन्न परिवारलाई चुलो वितरण


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ ।

इच्छाकामना गाउँपालिका–१ का तीनवटा चेपाङ बस्तीका ६ सय ५० घर र रत्ननगरका तीन सय परिवारलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

मङ्गलबार रत्ननगर वडा नम्बर ८ का चौधरी समुदायका ३२ परिवारलाई चुलो वितरण गरिएको उनले जानकारी दिए । विपन्न समुदायका महिलाको स्वास्थ्य जोगाउन चुलो वितरण गरिएको उनले बताए ।

चुलोसँगै विपन्न समुदायका बालबालिकालाई पौष्टिक आहार सर्वोत्तम पीठो तथा रत्ननगर वडा नम्बर १ निपनीस्थित ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ११ : ०८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको