निगमका जहाज ग्राउन्डेड हुँदा दुर्गममा उडान प्रभावित | Khabarhub Khabarhub

निगमका जहाज ग्राउन्डेड हुँदा दुर्गममा उडान प्रभावित


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्तरिक उडानमा रहेका नेपाल वायुसेवमा निगमका जहाज ग्राउन्डेड भएपछि दुर्गम क्षेत्रमा हवाई उडान प्रभावित बन्न पुगेको छ ।

दुर्गम क्षेत्रमा उडान गर्ने जहाज सङ्ख्या सीमित भएको र त्यसमा पनि दुर्गमका अधिकांश गन्तव्यमा उडान अनुमति लिएको निगमको जहाज ग्राउन्डेड भएपछि हवाई सेवा प्रभावित बन्न पुगेको हो ।

निगमको एउटा जहाजमा समस्या देखिएपछि गत जेठदेखि ग्राउन्डेड भएको थियो । अर्को जहाज पनि गत आइतबारबाट ग्राउन्डेड भएको छ । जसकारण निगमले आन्तरिक उडान नै पूर्ण रूपमा बन्द गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशभरका ५३ मध्ये अहिले जम्मा २८ वटा विमानस्थलमात्रै नियमित सञ्चालनमा छन् । दुर्गम गन्तव्यमा निगमका दुईसहित नौ वटा जहाजले उडान भरिरहेका थिए । तर, निगमका दुबै जहाज ग्राउन्डेड भएपछि ती क्षेत्रमा उडान गर्ने जहाज सङ्ख्या सात वटामा सीमित भएको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजमा प्राविधिक समस्या आएकोले ग्राउन्डेड भएको र समस्या छिट्टै समाधान गरिने बताएका छन् । उनले समस्या छिट्टै समाधान गर्ने भने पनि जेठदेखि ग्राउन्डेड भएको जहाज हालसम्म पनि उडानमा नआएकाले समस्या समाधान कहिलेसम्म हुने भन्ने कुनै टुङ्गो छैन ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता हंशराज पाण्डेले निगमको जहाज ग्राउन्डेड हुँदा उडानको सङ्ख्या घट्ने र उडान प्रभावित बन्ने बताए । ‘दुर्गम क्षेत्रमा उडान गर्न नौ वटा जहाज सञ्चालनमा थिए, निगमका दुबै जहाज ग्राउन्डेड हुँदा स्वाभाविक रूपमा उडान प्रभावित भएको छ’, पाण्डेले भने ।

निगमले आन्तरिक उडानतर्फ विशेषगरी काठमाडौं र नेपालगञ्जलाई आधार बनाएर उडान भर्दै आएको छ । जसमा काठमाडौंबाट रुकुम, दाङ, रेसुङ्गा, इलाम, फाप्लु, ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामाखर्कमा दोहोरो उडान भर्ने गर्छ ।

त्यस्तै, निगमले नेपालगञ्जलाई आधार बनाएर रुकुम, बाजुरा, ताल्चा, जुम्ला, सिमीकोट, सुर्खेत र डोल्पामा हवाई उडान व्यवसाय गर्छ । केही सीमित उडान विराटनगर र भोजपुरमा पनि गर्ने गरेको छ । तर, आइतबारबाट निगमको तर्फबाट उडान हुने यी सबै क्षेत्रका उडान तालिका प्रभावित भएका छन् ।

खासगरी दुर्गम क्षेत्रमा निगमले व्यवसायिक उडान भन्दा पनि राज्यको तर्फबाट उडान गर्दै आएको बताउने गरेको छ । ती दुर्गमका क्षेत्रका तारा, समीट र सीता एयरले सातवटा जहाजबाट उडान भरिरहेका छन् । निगमको जहाज ग्राउन्डेड भएपछि निजी क्षेत्रका कम्पनीले उडान सङ्ख्या थप गर्नुपर्ने हुन्छ ।

नेपाल एयरलाइन्सले धेरै ठाउँमा अन रिक्वेस्ट उडान गरिरहेको थियो । हप्ताको एउटाका दरले भए पनि दुर्गमका सबै विमानस्थलमा पालो पुर्‍याएको थियो ।

क्यान प्रवक्ता पाण्डेका अनुसार अनुसार ५३ वटा विमानस्थलमध्ये पनि १० वटा विमानस्थलमा तालिकाबद्ध उडान नभएको अवस्था छ । जसले गर्दा ती विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणका कर्मचारी र प्रहरी लगायतले खटाइएको छ । तर, नियमित उडान नहुँदा सबै ठाउँका कर्मचारीले काम नपाउने अवस्था छ ।

‘हाम्रो समस्या के छ भने; विमानस्थल चालु छ भनी घोषणा गरेपछि कर्मचारी खटाउनुपर्नेदेखि सबै काम हामीले नै गर्नुपर्ने हुन्छ । उद्धार उडान, सैनिक उडान, विपद् उडान लगायत जे भए पनि हामीले विमानस्थललाई चालु अवस्थामा राख्नैपर्ने हुन्छ’, नियमित भएदेखि त हामी सबै खुसी हुन्छौँ, काम पाइयो बिजनेस भयो, तर नियमित उडान नहुँदा पनि राज्यको दायित्व अन्तगर्त हामीले उडान व्यवस्थापन गर्नुपर्ने हुन्छ’, उनले भने ।

सञ्चालन घोषणा गरिएका, तर पर्याप्त उडान हुन नसकेका विमानस्थलका कारण प्राधिकरणले केन्द्रीय विमानस्थल बाहेक अन्य विमानस्थलबाट नाफा आर्जन गर्न सकेको छैन ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ४७ बजे

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माओवादी प्रवेश 

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नेकपा माओवादी

स्वर्गद्वारी गुठीका मोही किसान थाल ठटाउँदै सडकमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– स्वर्गद्वारी गुठीका किसानहरूले काठमाडौंमा थाली राखेर विरोध प्रदर्शन गरेका

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

त्रिवेणी – यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत

अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्- कता उभिने निर्णय भइसकेको छैन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारद्वारा गत