इरानी सर्वोच्च नेताको अवस्था अज्ञात, घाइते भएको हुनसक्ने इजरायली आशङ्का « Khabarhub

इरानी सर्वोच्च नेताको अवस्था अज्ञात, घाइते भएको हुनसक्ने इजरायली आशङ्का


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलापछि इरानका सर्वोच्च नेताबारे कुनै जानकारी प्रप्त नभएको इजरायली सञ्चार माध्यमले दाबी गरेका छन् ।

जेरुसलेम पोस्टका अनुसार संयुक्त हमलापछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अवस्थाबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

संयुक्त हमलाका क्रममा राजधानी तेहरानमा रहेको उनको आवासलाई निशाना बनाइएको थियो । इजरायली सुरक्षा अधिकारीले प्रारम्भीक मूल्यांकनका क्रममा खामेनी घाइते भएको हुनसक्ने आशङ्का गरेका छन् ।

यद्यपि यसबारे इजरायली, अमेरिकी वा इरानी स्रोतबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाइएको छ ।

इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणमा राजधानी तेहरानसहित कोम, इस्फहान, केर्मान्शा कराजजस्ता शहरलाई निशाना बनाइएको थियो । आक्रमणका क्रममा इरानका रक्षामन्त्री आमिर नशिरजादे र सैन्य संगठन इस्लामिक रिभल्युसनरी गार्ड कोरका कमाण्डर मोहम्मद पाकपोर मारिएको इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै जेरुसलेम पोस्टले उल्लेख गरेको छ ।

इरानी सुरक्षाकर्मीले खामेनी, राष्ट्रपति मसुद पेजेस्कियानको कार्यालय र संसद् भवन जाने बाटो बन्द गरेका छन् ।

यसअघि शनिबार सबेरै इरानी अधिकारीले समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा सर्वोच्च नेता खामेनी तेहरानमा नभएको र उनलाई सुरक्षित स्थानमा सारिएको जनाएका थिए ।

भू उपग्रहबाट प्राप्त तस्बिरमा खामेनी रहेको ठानिएको भवन परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ८ : १३ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा