युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला « Khabarhub

युक्रेनी ऊर्जा संयन्त्रमा रूसको भयानक हमला


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले युक्रेनको ऊर्जा संयन्त्रमा भयानक हमला गरेको छ । क्रिसमसकै दिन रूसले युक्रेनका कयौं शहरमा ब्यालेस्टिक र क्रुज मिसाइलबाट हमला थालेको हो ।

युक्रेनी ऊर्जामन्त्री जर्मन गलुशेन्कोले दुश्मन (रूस)ले आफ्ना ऊर्जा संयन्त्रमा पुनः व्यापक मात्रामा हमला गरिरहेको बताएका छन्‌ ।

सो हमलाबाट युक्रेनका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सरकारले पनि हमलाका कारण बिजुली प्रवाह रोकिदिएको छ ।

युक्रेनको दोस्रो ठूलो शहर खारकीभमा रूसले सघन हमला गरेको छ । बीबीसीमा उल्लेखित समाचारअनुसार; यतिखर खारकीभ शहर रूसी मिसाइल हमलाबाट ध्वस्तजस्तै भएको छ ।

युक्रेनी ऊर्जामन्त्रीले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्‌ । उनले हमला रोकिएपछि मात्र ऊर्जा कम्पनीले क्षति अनुमान गर्न सक्ने बताएका छन्‌ ।

खारकीभका मेयर आयोर तेरेखोवले शहरमा ठूलो सङख्यामा मिसाइल दागिएको जानकारी दिएका छन्‌ । एकपछि अर्को धमाका भइरहेको छ, बिस्फोटको आवाज सुनिन छाडेको छैन ।

शहरका क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोवले रूसी हमलाबाट कम्तिमा ६ जना घाइते भएको जनाएका छन् । कयौं भवन क्षतिग्रस्त भएका छन्‌ ।

खारकीभ शहर युक्रेनको उत्तर-पूर्वी इलाकामा रूस नजिक छ । हालैका महिनामा युक्रेनका अधिकांश ऊर्जा संयन्त्रमा रूसले हमला गरेको छ । रूसी हमलाकै कारण युक्रेनको राजधानी कियभ र निप्रो लगायत कयौं इलाकामा विद्युत कटौती भएको छ ।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले आफ्नो थर्मल पावर प्लान्टमा रूसले आक्रमण गरेको जनाएको छ । कम्पनीका अनुसार: रूसी हमलाबाट प्लान्टमा निकै ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ३ : ३४ बजे

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध