यु–१९ विश्वकपमा नेपालको लगातार दोस्रो हार | Khabarhub Khabarhub

यु–१९ विश्वकपमा नेपालको लगातार दोस्रो हार


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार राति सकिएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे

पाकिस्तानका अजन आविसले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सम्यल हुसेन र साजिव खानले ३७–३७, अहमद हसनले २९ तथा हरोन अर्सादले १५ रन जोडे ।

नेपालका आकाश चन्दले सर्वाधिक तीन विकेट लिए । यस्तै, दिपेश कँडेल र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको थियो । नेपालका विपिन रावलले ३९, दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारीले २० तथा आकाश चन्दले १६ रन जोडे ।

पाकिस्तानका अर्फाद मिन्हासले तीन विकेट तथा उबैद शाह र अहमेद हुसेनले दुई–दुई विकेट लिए । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ६ : ४८ बजे

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर

मनसुनी वायुको प्रभावले केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा

काठमाडौं – कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा