नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा « Khabarhub

नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा


१ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा नर्वेमाथिको २-१ को गोलसहित इटाली महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको दोस्रो हाफमा जिरेलीले ५० औँ मिनेटमा गोल गरेकी थिइन्। ६६ औँ मिनेटमा नर्वेकी कप्तान आडा हाबर्गले बराबरी गोल गरिन्। खेल बराबरीतर्फ उन्मुख भइरहेको समयमा साफिया स्यानटोरेको क्रसमा हेड गोल गर्दै जिरेलीलाई जित दिलाइन्। जितसहित इटाली सन् १९९७ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि इटालीले केही राम्रा मौका खेर फालेको थियो। एरियानो काउरुसो, जिरेली, एमा सेभेरेनी र लुसिया डी गुजेम्लो धेरै पटक गोलको नजिक पुगे पनि चुकेका थिए। दोस्रो हाफमा नर्वेकी कप्तान हाबर्गले पेनाल्टी खेर फालेकी थिइन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ६ : २२ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा