नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा « Khabarhub

नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा नर्वेमाथिको २-१ को गोलसहित इटाली महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको दोस्रो हाफमा जिरेलीले ५० औँ मिनेटमा गोल गरेकी थिइन्। ६६ औँ मिनेटमा नर्वेकी कप्तान आडा हाबर्गले बराबरी गोल गरिन्। खेल बराबरीतर्फ उन्मुख भइरहेको समयमा साफिया स्यानटोरेको क्रसमा हेड गोल गर्दै जिरेलीलाई जित दिलाइन्। जितसहित इटाली सन् १९९७ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि इटालीले केही राम्रा मौका खेर फालेको थियो। एरियानो काउरुसो, जिरेली, एमा सेभेरेनी र लुसिया डी गुजेम्लो धेरै पटक गोलको नजिक पुगे पनि चुकेका थिए। दोस्रो हाफमा नर्वेकी कप्तान हाबर्गले पेनाल्टी खेर फालेकी थिइन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : २२ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु