अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा « Khabarhub

अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराती समूह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

जसमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह ‘बी’ बाट केप भर्डे र इजिप्ट, समूह ‘सी’ बाट सेनेगल र क्यामरुन, समुह ‘डी’ बाट एङ्गोलाबुर्किना फासो, समूह ‘ई’ बाट माली र दक्षिण अफ्रिका, समूह ‘एफ’बाट मोरक्को र डिआर कंगो रहेका छन् ।

त्यसैगरी, सबै समूहका तेस्रो स्थानमामा रहेका टिमहरूका शीर्ष चारमा रहेका टिमहरूमा समूह ‘ए’ को आइभरी कोष्ट, समुह ‘सी’ को गिनी, समूह ‘डी’ को मारुतानिया र समूह ‘ई’ को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।

अन्तिम १६ मा को–को भिड्दैछन् ?

अब अन्तिम १६ मा नाइजेरिया र क्यामरुन, एङ्गोला र नामिबिया, केप भर्डेमारुतानिया, मोरक्को र दक्षिण अफ्रिका भिड्ने छन् । यसैगरी माली र बुर्किना फासो, सेनेगल र आइभरी कोष्ट, इजिप्ट र डिआर कंगो तथ इक्वेटोरियल गिनी र गिनीबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम १६ का खेलहरू यही जनवरी २७ देखि ३० सम्म हुनेछन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ९ : २४ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका