मालीकाे सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो « Khabarhub

मालीकाे सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

माली– पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किएपछिको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा रहेको खानीमा काम गर्ने कामदारको ज्यान गएको जनाएको छ ।

माली सरकारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै  मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ।

मन्त्रालयले खानी मजदुरलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ ।

सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।

यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डको ख्याल राख्न सल्लाह दिइएको थियो।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ९ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित