राष्ट्रियसभामा १९ सिटका लागि मतदान जारी, आजै परिणाम आउने « Khabarhub

राष्ट्रियसभामा १९ सिटका लागि मतदान जारी, आजै परिणाम आउने


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ पदका लागि मतदान भइरहेको छ । सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमा आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्यक्रम दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा विभिन्न ८ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन् । चुनावमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा गरी २ हजार ४७ मतदाता रहेका छन् । जसमा प्रदेश सांसद र गाउँ/नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रियसभा सदस्य  पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ ।

निर्वाचन आयोगले आजै बेलुकासम्ममा मतपरिणाम घोषणा भैसक्ने जनाएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : ०३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु