कालिञ्चाेकमा हिमपात : भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने  « Khabarhub

कालिञ्चाेकमा हिमपात : भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने 


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा पुनः यस वर्षको दोस्रो पटक बाक्लो हिमपात भएको छ।

गत मंगलबार परेको हिमपात बिलाउन नपाउँदै पुनः बुधबार राति अबेरसम्म हिमपात भएको स्थानीयले बताएका हुन्  ।

‘एक साता परेको हिमपातको कारण चहलपहल बढेको यस क्षेत्रमा दोस्रो पटक पुनः हिमपात भएसँगै चहलपहल थप बढ्न सक्ने अनुमान गरिएको छ ।’ स्थानीय त्रिपुरा रिसोर्ट कालिञ्चाेकका सञ्चालक चन्द्रकुमार लामाले बताए ।

तीन हजार आठ सय ४२ मीटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलो गरी हिमपात भएको हो ।

मंगलबार परेको हिउँ पग्लिएर सकिन लाग्दा पुनः बिहीबार बाक्लो हिउँ झरेकोले छिमेकी देशका पर्यटक बढ्न सक्ने उनले बताए ।

अघिल्लो पटक परेको हिउँ बिलाएर आउन नपाएका भारत र बङ्गलादेशका पर्यटक यस पटकको हिउँ केहि दिन रहने हुँदा कालिञ्चाेक आउन सक्ने उनले बताए । अघिल्लो साताको हिमपात पछि कालिञ्चाेकमा १५ हजार भन्दा धेरैले भ्रमण गरेका थिए।

त्यसमा प्रायः जसो धेरै स्वदेशी पर्यटक आए पनि यस पटकको हिमपातले बाह्य पर्यटक वृद्धि गर्ने अनुमान गरिएको उनले बताए ।

दोस्रोपल्ट परेको हिउँ शुक्रवार र शनबार रहने हुँदा पनि अघिल्लो साताको तुलनामा कालिञ्चाेक आउनेको संख्या वृद्धि हुने व्यवसायीहरूले अनुमान गरेका हुन् ।

माघ लाग्ने बित्तिकै परेको हिमपातले थोरै भए पनि सधाको दिनमा भन्दा चहलपहल र स्थानीय होटल व्यवसायमा सुधार आएको होटल संचालक नवराज पाख्रिनले सुनाए

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ११ : १४ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि