चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा « Khabarhub

चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले जनाएको छ । सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ ।

जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भने, ‘पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो ।’ पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । ‘निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जंगली विशाल पान्डालाई महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ,’ झाङले भने ।

सन् २०१२ देखि अहिलेसम्म विशाल पान्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जङ्गली पान्डाको जनसङ्ख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारी रूपमा कायम राखेको प्रशासनको तथ्यांकले देखाएको छ । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : २६ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा