गण्डकीमाथि मधेसको सहज जित  « Khabarhub

गण्डकीमाथि मधेसको सहज जित 


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । 

टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले गण्डकीलाई १ सय ४५ रनले पराजित गरेको हो । जितका लागि ३ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभर खेल्दै १९० रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले १२४ रनको शतकीय पारि खेले ।

त्यस्तै मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्यो । जितका लागि २४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३० दशमलव ३ ओभर खेल्दा १५० रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गर्यो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाउँदै जित दर्ता गरेको हो । एपिएफका कप्तान रोहित पौडेलले ५२ रनको योगदान दिए । 

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिएका थिए । एपिएफका लागि रमेश कुर्मीले ५ विकेट लिए । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ३ : ५८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित