राष्ट्रियसभा निर्वाचन : कोशीमा तीन, बागमतीमा पाँच गयल  « Khabarhub

राष्ट्रियसभा निर्वाचन : कोशीमा तीन, बागमतीमा पाँच गयल 


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा कोशीमा तीन जनाले मतदान गरेका छैनन् । यस्तै बागमतीमा पनि पाँच जनाले मतदान नगरेको बताइएको छ । 

 प्रदेश सभा तर्फ कोशी प्रदेशमा धरानका मेयर हर्क साम्पाङले मतदान गरेनन् । यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयराम गच्छदारले बिरामी भएर मतदान नगरेको बताइएको छ । 

यस्तै कोशीकै झापा गाउँपालिकाका अध्यक्ष जयराम चौधरी निलम्बनमा परेको हुँदा मतदाता सूचीमै थिएनन् । 

कोशीमा २ सय ७४ स्थानीय जनप्रतिनिधि मध्ये २ सय ७१ ले मात्र मतदान गरेका छन् । प्रदेश सभाका ९३ जनाले नै मतदान गरेका छन् । 

बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद शैलेन्द्रराज बज्राचार्य र समता खड्कीले मतदान गरेनन् । 

यस्तै स्थानीय तहतर्फ  काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान गरेका छैनन् । 

यहाँ प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरे ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ४ : ०४ बजे

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका