हेटौँडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

हेटौँडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति गरिँदै


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्ड स्तरोन्नति भइरहेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बीपी राजमार्गको चारसयबेँसी अमलटार लेकपानी सडक निर्माणकार्य भइरहेकाले सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको बताए । 

 ५१ करोड ४४ लाख ८३ हजारको लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेश सभासदस्य रत्न ढकालले गत मङ्सिर ३० गते संयुक्त रूपमा सो सडकखण्ड शिलान्यास गरेका थिए ।

अमलटारहुँदै खार्पाचोक–लेकपानी–सुगुरेसम्म जाने सडक निर्माणका लागि १०–१२ वर्षअघि स्थानीय बासिन्दाले चन्दा उठाएर सुरु गरेकामा अहिले प्रदेश सरकारको गौरवको आयोजनाभित्र परेको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ०९ बजे

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ

खल्ती र आईएमई मर्ज, आजैबाट सुरू भयो एकीकृत सेवा सञ्चालन

काठमाडौं– आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गतेदेखि

युक्रेनले पायो नयाँ प्रधानमन्त्री

एजेन्सी – युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले