गाजास्थित संयुक्त राष्ट्रसङ्घीय प्रशिक्षण केन्द्रमा आक्रमण, नौ जनाको मृत्यु « Khabarhub

गाजास्थित संयुक्त राष्ट्रसङ्घीय प्रशिक्षण केन्द्रमा आक्रमण, नौ जनाको मृत्यु


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजाको प्रमुख दक्षिणी सहर खान युिनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा बुधबार आक्रमण गरी आगो लगाइएको छ । घटनामा परी  कम्तीमा नौ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । 

गाजामा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ राहत तथा योजना निकायका एजेन्सीका निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जाल एक्स (ट्रवीटर)मा जनाएअनुसार आठ सय जना मानिसहरु बसोबास गरिरहेको भवनमा गोलाबारी भएको थियो । आक्रमणमा  कम्तिमा नौ जनाको मृत्यु भएको छ भने अन्य ७५ जना घाइते भएका छन् । 

युएनआरडब्लुए र विश्व स्वास्थ्य संगठनका उद्धार टोलीहरू उद्धारको लागि केन्द्रमा पुग्ने प्रयास गरिरहेको उनले बताए । खान युनूसको पश्चिमी क्षेत्रमा इजरायली बम विस्फोटले प्रशिक्षण केन्द्रमा ठूलो आगलागी निम्त्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

आगलागीले भवनको ठूलो भागमा क्षति पुगेका कारण धेरै मृतक तथा घाइते व्यक्तिलाई  केन्द्र भित्रबाट बाहिर सार्नु परेको उनले बताए ।  

इजरायली सेनाले लगाएको घेराबन्दीका कारण एम्बुलेन्स र मेडिकल टोलीहरू जलिरहेको प्रशिक्षण केन्द्रमा पुग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।  

प्यालेस्टिनी विदेश मन्त्रालयले प्रशिक्षण केन्द्रमा भएको गोलाबारीको निन्दा गरेको छ। युएनआरडब्लुएका संस्था, कर्मचारी, विद्यालय, आश्रय र उपकरणहरूलाई इजरायलले सुनियोजित रूपमा आक्रमण गरेको मन्त्रालयले बताएको छ । 

पछिल्लो २४  घण्टामा, इजरायली सेनाले गरेको २४ वटा आक्रमणमा २१० प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा अन्य ३८६ जना घाइते भएका छन् । 

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको आक्रमणजन्य घटनाका कारण २५ हजार ७०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ । आक्रामणमा घाइतेहरूको कूल सङ्ख्या ६३ हजार ७४० पुगेको छ । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ५८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित