हिमालयन रिइन्स्योरेन्सले पायो विश्वप्रसिद्ध एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ | Khabarhub Khabarhub

हिमालयन रिइन्स्योरेन्सले पायो विश्वप्रसिद्ध एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्को सफलता हासिल गरेको छ ।

कम्पनीले विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मारेको हो ।

नेपाल दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले ‘एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट ‘बी प्लस’ मा स्तरोन्नति गराउन सक्नुलाई अत्यन्तै ठुलो उपलब्धिका रूपमा लिइएको छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अत्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्सले एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि नै विदेशी विनियम आर्जन गर्न उदाहरणीय योगदान पुर्‍याउने विश्वास लिइएको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : २३ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय