प्रहरीमाथि अभद्र व्यवहार गर्ने नौ जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीमाथि अभद्र व्यवहार गर्ने नौ जना पक्राउ


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा अभद्र व्यवहार गरेको आरोपमा नौ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१० बनगाउँ स्थित ललित चन्दले संचालन गरेको एसी लज एण्ड बारबाट नौ जना आज (बिहीवार) पक्राउ परेका हुन्।

सार्वजनीक स्थानमा होहल्ला गर्नुका साथै उनीहरुले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट रहेका छन्।

यस्तै पक्राउ पर्नेमा सोहि ठाउँकै अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगन्जका माया खनाल रहेका छन्।

सबैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पक्राश डाँगीले बताए।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ९ : २९ बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्