संसदमा सुनील शर्माले किन सघाए ज्ञानेन्द्र शाहीलाई ? « Khabarhub

संसदमा सुनील शर्माले किन सघाए ज्ञानेन्द्र शाहीलाई ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा कांग्रेस सांसद सुनील शर्माले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई सघाएका छन् ।

आइतबार प्रतिनिधि सभामा शाहीले बोल्दा सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकमा केही बेर तरङ्ग पैदा भएको थियो ।

सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटा र माओवादीलाई लक्षित गर्दै बोलेका थिए । उनले आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पत्ति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए । त्यो बेला माओवादीलाई लक्षित गर्दै  बोलेको भनेर  माओवादीका प्रमुख सचेतक पाण्डे उठेर नियमापत्ति गर्दै ती शब्द आपत्तिजनक भएकाे जनाए ।

त्यसपछि कांग्रेस सांसद सुनील शर्माले उठेर माओवादीका प्रमुख सचेतक पाण्डेलाई पच्छाउँदै एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने नियम भएको बताए र शाहीको पक्ष  लिए ।

संसद् शर्माले पाण्डेलाई हेर्दै भने, ‘मलाई सरकारले थुनेर छुटेपछि संसद्मा आएर बोल्ने बेला पनि उहाँले त्यसै गरी नियमापत्ति जनाउनु भएको थियो । संसदीय नियमावली पढ्याैँ ।’

शर्मा र पाण्डे सत्तापक्षकै सांसद हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : १६ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड