१५ वैशाखमा उपनिर्वाचन हुने « Khabarhub

१५ वैशाखमा उपनिर्वाचन हुने


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुने भएको छ ।

दुवै स्थानमा १५ वैशाखमा उपनिर्वाचन हुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको आयुक्त निदेश थपलियाले बताए ।

इलाम २ बाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयघात भएर मृत्यु भएको थियो ।

यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

यसै,बीच स्थानीय तहमा अहिले तत्काल उपनिर्बाचन नेपाल सरकारले आवश्कता नठानेको आयुक्त थपलियाले खबरहबलाई बताए । उनले मंसिर सम्ममा स्थानीय तहको पनि उपनिर्वाचन हुनसक्ने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ५६ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध