दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ | Khabarhub Khabarhub

दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गरेका हुन् ।

मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ओझालाई भ्याक्सिन क्स हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए ।  शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न प्रतिबद्ध रहेको बताउँदै प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।

गत वर्ष समेत दादुराको महामारी देखिएको स्मरण गर्दै देशका ७७ वटै जिल्लामा सञ्चालित हुने खोप अभियानमा एक जना बालबालिका पनि छुट्न नहुनेमा स्वास्थ्य मन्त्री बस्नेतले जोड दिए । अभियान सफल बनाउन जनचेतनाको पनि भूमिका रहेकाले स्वास्थ्य मन्त्रालयले यसको शुभारम्भ भक्तपुरको आदर्श स्कुलबाट गरेको मन्त्री बस्नेतले बताए ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा ९ महिना देखि १५ वर्ष मुनीका र बाकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनीका बालबालिकालाई खोप दिइने जानकारी दिइन् । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले साढे ५७ लाख बालबालिकालाई यो अभियान अन्तर्गत खोप लगाइने बताए  ।

डा. लालका अनुसार देश भरि स्थापना गरिएका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयं सेविका र ४४ हजार स्वास्थ्यकर्मी मार्फत खोप अभियान सञ्चालन हुने छ । यो अभियान सञ्चालनमा १ अर्ब ३६ करोड खर्च लाग्ने छ । जसमध्ये ८४ प्रतिशत रकम (ग्लोवल भ्याक्सिनेशन अलाइन्स) गाभीले अनुदान दिएको छ भने बाकी नेपाल सरकारले बेहोर्ने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : २२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार