बाजुराका १३ हजार बालबालिकालाई खोप लगाइँदै | Khabarhub Khabarhub

बाजुराका १३ हजार बालबालिकालाई खोप लगाइँदै


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाजुरा- सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा–रुबेला रोग निवारण खोप अभियान आजदेखि फागुन १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

जिल्लामा खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयमसेविका र स्वयम्सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । उनका अनुसार अनुसार जिल्लाका एक सयभन्दा बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वयंसेवक पुगिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । देशव्यापी रुपमा सञ्चालन हुने अभियान आजदेखि चैत ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।

अभियान प्रत्येक चार वर्षमा सञ्चालन हुन्छ । केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरे पनि जिल्लामा एकैसाथ अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए । खोप नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई लगाइने भएको छ । खोप लगाउनका लागि प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीले आमन्त्रण गरिसकेका छन् ।

तीन दिनसम्म तोकिएको स्थान र नभएसम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुराका १३ हजार नौ सय ४२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दको भनाइ छ । यसका लागि जिल्लाका एक सय ६५ वटा खोप केन्द्रमा एक सय ६५ जना स्वास्थ्यकर्मी र दुई सय ३० जना स्वयंसेवक खटिएका छन् ।

जिल्लामा ९७ प्रतिशत बढी बालबालिकाले खोेप सेवा पाएकोमा यस पटक त्यसलाई समेत बढाउने र शतप्रतिशत लक्ष्य हासिल गर्ने गरी तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए । खोप सेवा लिने बालबालिकाको सङ्ख्या सबैभन्दा बढी बूढीगङ्गानगरपालिका दुई हजार १२ जना, त्रिवेणी नगरपालिका दुई हजार १० जना, खप्तड छेडेदह गाउँपालिका दुई हजार नौ जना छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ३८ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न