नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल « Khabarhub

नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो ।

गत मङ्सिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो । आज विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता शेयर ७१ हजार आठ सय ८० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह एक दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ४२ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । यो कम्पनीको रु २५ करोड १८ लाख १२ हजार दुई सय ४२ बराबरको चार लाख १५ हजार नौ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ३८ बजे

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले