‘अमेरिकाले पूर्वी तुर्केस्तानलाई मान्यता दिनुपर्छ’ « Khabarhub

‘अमेरिकाले पूर्वी तुर्केस्तानलाई मान्यता दिनुपर्छ’


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइगुर समुदायसँग आबद्ध ६१ संस्थाहरुले अमेरिकी कंग्रेससमक्ष आफूहरुको भूमिलाई मान्यता दिन माग गरेका छन् ।

चीनले पूर्वी तुर्केस्तान भनिने आफूहरुको भूमिमा कब्जा गरेकाले उक्त भूमिलाई मान्यता दिन ती संस्थाहरुले अमेरिकी कंग्रेससमक्ष माग गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

इस्ट तुर्केस्तान राष्ट्रिय अभियानले विज्ञप्ति जारी गर्दै पूर्वी तुर्केस्तानमा बसोबास गर्ने उइगुर, कजाख र अरु आदिवासीलाई अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिन आग्रह गरेको छ ।

सन् १९४९ अक्टोबर १२ मा चिनियाँ कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाले पूर्वी तुर्केस्तानमा आक्रमण गरेको र सन् १९४९ डिसेम्बर २२ मा पूर्वी तुर्केस्तानको सरकारलाई अपदस्थ गरी साम्यवादी सत्ता स्थापना गरेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : २२ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न