उपप्रधानमन्त्री खड्कासँग नौसेनाध्यक्षको भेट | Khabarhub Khabarhub

उपप्रधानमन्त्री खड्कासँग नौसेनाध्यक्षको भेट


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अमेरिकाको एसिया–प्रशान्त कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।

त्यसअवसरमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर रहेको बताउँदै नेपालको विकासमा अमेरिकाले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे । उनले भविष्यमा अमेरिकी सहयोगको अझ वृद्धि हुने विश्वास व्यक्त गरेको रक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका माध्यमबाट नेपालले विश्वशान्ति स्थापनामा निरन्तर योगदान गर्दै आएको र भविष्यमा पनि नेपालले सुरक्षाकर्मी परिचालन गरेर त्यसलाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा धेरै सैनिक र महिला शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा रहेको उहाँले नौसेनाध्यक्षलाई जानकारी दिए ।

रक्षामन्त्री खड्काले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालको भौतिक स्तरोन्नतिमा अमेरिकी सरकारबाट भएको सहयोग महत्वपूर्ण रहेको बताउँदै उक्त केन्द्रबाट संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न ठूलो सहयोग पुग्ने बताए ।

नौसेनाध्यक्ष एक्विलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर जारी रहने र भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नतिमा सघाउन अमेरिकी सरकार सकारात्मक रहेको बताए । उनले विश्वशान्ति स्थापनामा नेपाली शान्ति सैनिकले निार्वह गरेको भूमिकाको प्रशंसा गरे ।

नेपालले विश्वमा शान्ति कायम गर्न गरेको योगदानको कदरस्वरूप राष्ट्रसङ्घीय ‘मिसन’का नेतृत्व तहमा नेपालको प्रतिनिधित्वका लागि अमेरिकी सरकारको तर्फबाट सधै सहयो गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थोम्सनले अमेरिका र नेपाल लामो समयदेखि असल मित्रका रुपमा सहकार्य र साझेदारी गर्दै आएका तथा भविष्यमा पनि मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका उपरथी रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियोे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ४८ बजे

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई