कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एकीकृत समाजवादी हो : माधव नेपाल | Khabarhub Khabarhub

कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एकीकृत समाजवादी हो : माधव नेपाल


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिँदै भने, “जति पनि कम्युनिष्ट पार्टी छन् ती कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन्, आफ्नो पार्टी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अघि बढेको छ ।”

अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी सङ्गठनलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए । आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने एउटा क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता उनले औँल्याए ।

त्यस अवसरमा एमाले नेत्री मेनुका श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । मकवानपुरकी उद्यमी नेत्री श्रेष्ठले एमालेमा व्यक्तिवाद चरम बन्दै गएको, पार्टी सीमित नेताको कब्जामा गएको आरोप लगाउँदै आफू एकीकृत समाजवादीमा समाहित भएको बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ५७ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो