आईपीएल : मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात | Khabarhub Khabarhub

आईपीएल : मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटनले मुम्बई इण्डियन्समाथि ६ रनको जित निकालेको छ।

टस जितेर सुरुमा फिल्ड रोजेको मुम्बई आईपिएल यो सिजनको पहिलो खेलमा पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १६८ रनको लक्ष्य पूरा गर्न नसक्दा मुम्बई पराजित भएको हो।

मुम्बइका लागि गुजरातले ६ विकेटको क्षतिमा १६८ रनको चुनौती दिएको थियो। गुजरातका लागि साई सुदर्शन सर्वाधिक ४५ रन बनाए। सुभमन गिलले ३१ रन बनाएका थिए भने राहुल तेवाटियाले २२ रन जोडेका थिए।

गुजरातलाई सस्तैमा समेट्न मुम्बइका लागि जसप्रित बुम्राराहले तीन विकेट लिएका थिए।

१६८ रनको लक्ष्य पछ्याएको मुम्बई पूरै २० ओभेर खेल्दै १६२ रनमा समेटिएको हो। मुम्बइका लागि डिवाल्ड ब्रेभिसले सर्वाधिक ४६ रन बनाउँदा रोहित शर्माले ४३ रन बनाए। तर यो जितका लागि पर्याप्त भएन।

मुम्बइको इनिङ्स धराप पार्न गुजरातका लागि अजमातुल्लाह उमरजाई, उमेश यादव, स्पेन्सर जनसन र मोहित शर्माले २–२ विकेट लिए भने साइ किशोरले १ विकेट हात पारे।

आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।

शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेको छ।

आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित निकालेको थियो।

आज (सोमबार) एउटा मात्र खेल हुँदैछन्। रोयल च्यालेन्जर्स बंग्लोरले पञ्जाब किंग्ससँग राति ८ बजे प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : २० बजे

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई,

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु