‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार « Khabarhub

‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले सुरुवाती तीन दिनमा चार करोड २५ लाखको व्यापार गरेको छ ।

निर्माण पक्षका अनुसार यस फिल्मले पहिलो दिन शुक्रबार नै एक करोड २३ लाख, दोस्रो दिन १ करोड ८२ लाख र तेस्रो दिन १ करोड २० लाखको व्यापार गरेको हो ।

‘जात्रा’को तेस्रो शृङ्खलाका रुपमा निर्माण गरिएको यस फिल्मलाई दर्शकले पहिला जस्तै माया दिएको निर्देशक तथा लेखक भट्टराईको बुझाइ छ ।

उनी भन्छन्, ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ ।’

यही चैत ९ गतेदेखि नेपालका साथै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म हेर्न हलमा दर्शकको भिडभाड देखिएको छ । फिल्मले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउन सफल भएको छ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ११ : ०३ बजे

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता