‘महाजात्रा’ हेरेपछि रवि लामिछानेले भने- ऊर्जा थपियो « Khabarhub

‘महाजात्रा’ हेरेपछि रवि लामिछानेले भने- ऊर्जा थपियो


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले परिवारसहित ‘महाजात्रा’ हेरेका छन् । जात्रा श्रृंखलाको नियमित दर्शक भएकाले हलमा आएर फिल्म हेरेको उनको भनाइ छ । 

महाजात्राको चौतर्फी चर्चाले नियमित दर्शक भएकाले फिल्म हेर्न मन लागेको बताउँदै लामिछानेले भने, ‘मलाई अघिल्ला दुई शृङ्खला मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र दुई रविन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ ।’ 

फिल्म हेरेपछि कथा प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफूलाई झन् आकर्षित गरेको प्रतिक्रिया दिए । 

उनले अगाडि भने, ‘राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको छ । मनोरञ्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरे ।’

आफूजस्ता नयाँ पुस्तालाई राजनीतिमा आउन फिल्ममै देखिएका कथालाई उत्प्रेरित गरेको जनाए । 

फिल्ममा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । जसमा राजनीति पनि मिश्रण गरिएको छ । 

लामिछानेले आइतबार श्रीमती निकिता पौडेलका साथमा लबिम मल पुगेर फिल्म हेरेका हुन् । 

‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

 फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १२ : ४३ बजे

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा