एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्छ : माधव नेपाल  « Khabarhub

एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्छ : माधव नेपाल 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् । 

सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभई एक्लै चुनाव लड्ने बताए ।

उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने  स्पष्ट पारे । 

सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने जानकारी गराएको बताए । 

त्यस्तै अध्यक्ष नेपालले राजनीतिक स्थायित्व, गलत प्रवृत्ति, संविधानको रक्षा गर्ने काममा पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले   नेपालका सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने भएपनि त्यसका लागि परिस्थिति अनुकूल बन्नुपर्ने जिकिर गरे । 

चैत्र ४ गते सम्पन्न भएको १० औँ जिल्ला अधिवेशनबाट वसुन्धरा हुमागाईँको अध्यक्षतामा गठित ५८ जिल्ला कमिटी सदस्यहरूलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका थिए । सो क्रममा उनले बफादार भएर पार्टीको लोकप्रियताका लागि काम निर्देशन समेत दिएका थिए ।

याे पनि…

इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ : खनाल

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ०८ बजे

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

आज २०८२ साल पुस १६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १६ गते बुधबार तदनुसार

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका