जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त « Khabarhub

जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद् विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो ।  

जसअनुसार जसपाबाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन ।

नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नवलकिशोर साह सुढीले पाएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : ४० बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका