क्षयरोगका कारण २५ जनाको मृत्यु « Khabarhub

क्षयरोगका कारण २५ जनाको मृत्यु


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा क्षयरोगको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । 

जिल्लामा पछिल्ला पाँच वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७६-७७ मा ३ जना, आव ०७७-७८ मा ६, आव ०७८-७९ मा ३, आव ०७९-८० मा ७ र चालु आर्थिक वर्ष ०८०-८१ को फागुनसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकमा उल्लेख छ । 

चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना क्षयरोग सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए ।

क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए । चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ ।

 जसमध्ये अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११-११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकामा ९-९ जना संक्रमित भेटिएका छन् । यस वर्ष डडेल्धुरामा सङ्क्रमितको पत्ता लगाउनुपर्ने संख्या ३ सय २४ थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ४ : ०१ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण