नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली : राष्ट्रपति मुर्मु « Khabarhub

नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली : राष्ट्रपति मुर्मु


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– होली पर्वले मानिसमा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिने भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले बताएकी छन्।  

हर्षोल्लासका साथ रङ खेलेर मनाइने होली पर्व भारतमा यो वर्ष मार्च २५  परेको छ । पर्वको सुरुवात ‘होलिका दहन’ भनिने आगो जलाउने अनुष्ठानसहित गरिन्छ जसले राक्षस होलिकालाई जलाएको सन्दर्भलाई संकेत गर्दछ ।  

यो पर्व भगवान कृष्ण प्रति समर्पित छ जसले उत्तर प्रदेशको ब्रज नामक क्षेत्रमा धेरै समय बिताएको विश्वास गरिन्छ । यसले होलीको भावनालाई मात्र नक्कल नगरी राधा र कृष्णको कालातीत प्रेमको प्रतिरूप पनि झल्काउँछ । 

राष्ट्रपति मुर्मुले होली पर्वको पूर्वसन्ध्यामा आइतबार एक सन्देश जारी गरी देश विदेशमा रहेका सम्पूर्ण भारतीय नागरिकलाई शुभकामना दिएकी छन्। सन्देशमा उहाँले रङहरू खेलेर मनाइने यो पर्वले आपसी एकता र भाइचाराको भावनालाई जागृत गर्ने बताइन्। 

राष्ट्रपति मुर्मुले आफ्नो सन्देशमा होली पर्व एउटा जीवन्त र उल्लासपूर्ण पर्व भएकाले यसले मानव जीवनमा आशा र उत्साह जगाउने बताइन् ।  होलीका विभिन्न रङहरू देशको विविधताको प्रतीक भएको बताउँदै होली पर्वले जनतामा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिई सांस्कृतिक मूल्य मान्यतालाई सुदृढ बनाउन नागरिकलाई प्रेरणा दिने उल्लेख गरिन् ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि होलीको अवसरमा एक सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण नागरिकहरूलाई बधाई तथा शुभकामना दिएका छन् । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ४४ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको