गायिका एलिना भन्छिन्- वैशाख ५ मा बिहे पक्का  | Khabarhub Khabarhub

गायिका एलिना भन्छिन्- वैशाख ५ मा बिहे पक्का 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कस्ने भएकी छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको हो । 

कार्यक्रमका लागि अहिले चितवनमा रहेकी एलिनाले वैशाख ५ गते विवाह गर्ने पक्का भएको खबरहबलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘झापाबाट विवाह गर्ने पक्का भएको छ । विवाहको योजना पहिलादेखिकै हो ।’

केही समयअघि विष्णुसँगको प्रेम सम्बन्धमा दरार आएको विषय झुटो भएको समेत उनले बताइन् 

उनले भनिन्, ‘हामी दुवैले केही भनेका थिएनौं त्यसै सम्बन्ध बिग्रियो भन्ने चर्चा भयो ।’

एलिनाका अनुसार विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । उतै भेटघाट भएर दुई जनाबीच निकटता बढेको एलिनाको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ०७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका