दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता गर्ने पाकिस्तानको तयारी « Khabarhub

दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता गर्ने पाकिस्तानको तयारी


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ ।

यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उनीहरूको तथ्यांक संकलन गर्न आदेश दिइएको पाकिस्तानी पत्रिका ‘डन’ ले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएको छ । 

अफगान सिटिजन कार्ड (एसीसी) धारी शरणार्थीको प्रमाणीकरण द्रुत बनाउन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन जारी गरिएको एक अधिकारीले बताएका छन् । 

अहिलेसम्म कुनै मिति भने घोषणा नगरिएको यद्यपि  अधिकारीले पाकिस्तानको संघीय सरकारबाट अनुमति प्राप्त भएपछि कागजात प्राप्त अफगानहरूलाई फिर्ता गर्ने अभियान गर्मी यामको सुरुदेखि मध्यसम्म सुरु हुनसक्ने ती अधिकारीले बताए । 

डन पत्रिकासँग कुरा गर्दै खैबर पख्तुनख्वाका अतिरिक्त मुख्य सचिव आबिद मजीदले प्रमाणीकरण प्रक्रिया सुरु गरिसकेको बताउँदै रमजान पछि यसले गति लिने तथा अप्रिल ३० अघि सर्वेक्षण पूरा हुँने विश्वास व्यक्त गरे। 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) का अनुसार अफगानिस्तानमा वैधरूपमा २१ लाख ८० हजार अफगान शरणार्थीहरू छन् । योमध्ये २००६-७ मा गरिएको जनगणना अनुसार १३ लाख शरणार्थीहरूको दर्ता प्रमाण (पीओआर) कार्डहरू छन् भने थप ८८ हजार शरणार्थीहरूले २०१७ पछि नागरिकता पेश गरेका छन् । 

अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानहरू सुरक्षाको खोजीमा पाकिस्तान आइपुगेका थिए । अधिकारीहरूका अनुसार पाकिस्तान पुगेका अफगानहरूको सङ्ख्या छदेखि आठ लाखको बीचमा थियो । योमध्ये केहीसँग वैध यात्रा कागजातहरू  रहेको जनाइएको छ । 

यसअघि नोभेम्बरमा, पाकिस्तानले ‘कागजात विहीन विदेशीहरू’ भनेर वर्णन गरेको पहिलो चरणको स्वदेश फिर्ती सुरु गरेको थियो । पाकिस्तानी अधिकारीहरूले नोभेम्बर २०२३ देखि अनुमानित १७ लाख कागजात विहीन अफगानीमध्ये कतिजना पाकिस्तान छोडेर गएका छन् भन्नेबारेमा कुनै आधिकारिक तथ्याङ्क जारी गरेका छैनन् ।

पाकिस्तानको स्वदेश फिर्ती अभियानको पहिलो चरणमा खैबर पख्तुनख्वा र बलुचिस्तान हुँदै अफगानिस्तान फर्केका कागजात विहीन अफगानहरूको कुल सङ्ख्या करिब पाँच लाख पुगेको डनले जनाएको छ । 

आठ लााख ८० हजार नागरिकता धारी अफगानी शरणार्थीमध्ये कतिजना पाकिस्तानमा छन् वा तीमध्ये कतिजनाले स्वेच्छाले अफगानिस्तान फर्कने निर्णय गरेका छन् भन्ने थाहा छैन ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पहिले कागजात विहीन अफगानहरूको फिर्तीलाई ‘अस्वीकार्य’ भन्नु भएको थियो भने हाल पाकिस्तानबाट उदारताका साथ थप शरणार्थी स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : २५ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष