४० जना एमाले नेताको टोली लिएर ‘महाजात्रा’ हेर्न हलमा पुगे ओली « Khabarhub

४० जना एमाले नेताको टोली लिएर ‘महाजात्रा’ हेर्न हलमा पुगे ओली


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘महाजात्रा’ हेर्न नेकपा एमालेको टोली सिनेमा घरमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सोमबार सुन्धारास्थित सीटीसी सेन्टरमा पुगेको हो । 

अध्यक्ष ओलीको श्रीमती राधिका शाक्य, उपाध्यक्ष ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंखर पोखरेल, कोमल ओलीसहितको ४० जना नेताको टोलीले बेलुका साढे ५ बजेको शो हेरेको हो । 

फिल्म निर्माण पक्षका अनुसार उनीहरु आफैँले फिल्म हेर्ने प्रबन्ध मिलाएर पुगेका हुन् । प्रदर्शनको चौथो दिन ओली एमाले नेताको टोली लिएर पुगेका हुन् । 

फिल्म प्रदर्शनमा आएको दिन निर्माण पक्षलाई शुभकामना दिँदै ओलीले आफू पनि हेर्न आउने प्रतिबद्धता जनाएका थिए । 

आपतकालीन अवस्थामा फेला परेको पैसालाई व्यवस्थापन गर्न आइपर्ने समस्यालाई फिल्ममा रोचक ढंगले देखाइएको छ । फिल्मको कथामा भ्रष्ट नेता भूमिका पनि समावेश छ । अर्थात् कमेडी जनरामा बनेको फिल्मले राजनीतिलाई पनि छोएको छ । 

प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको यस फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्यदेव, वर्षा राउत, गौमाया गुरुङलगायतको मुख्य भूमिका रहेको छ । 

फिल्मले सुरुवाती दिनदेखि नै राम्रो व्यापार र चर्चा कमाएको छ । सुरुवाती तीन दिनमा फिल्मले स्वदेशमा मात्रै ४ करोड २५ लाखको व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ५५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली