४० जना एमाले नेताको टोली लिएर ‘महाजात्रा’ हेर्न हलमा पुगे ओली « Khabarhub

४० जना एमाले नेताको टोली लिएर ‘महाजात्रा’ हेर्न हलमा पुगे ओली


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘महाजात्रा’ हेर्न नेकपा एमालेको टोली सिनेमा घरमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सोमबार सुन्धारास्थित सीटीसी सेन्टरमा पुगेको हो । 

अध्यक्ष ओलीको श्रीमती राधिका शाक्य, उपाध्यक्ष ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंखर पोखरेल, कोमल ओलीसहितको ४० जना नेताको टोलीले बेलुका साढे ५ बजेको शो हेरेको हो । 

फिल्म निर्माण पक्षका अनुसार उनीहरु आफैँले फिल्म हेर्ने प्रबन्ध मिलाएर पुगेका हुन् । प्रदर्शनको चौथो दिन ओली एमाले नेताको टोली लिएर पुगेका हुन् । 

फिल्म प्रदर्शनमा आएको दिन निर्माण पक्षलाई शुभकामना दिँदै ओलीले आफू पनि हेर्न आउने प्रतिबद्धता जनाएका थिए । 

आपतकालीन अवस्थामा फेला परेको पैसालाई व्यवस्थापन गर्न आइपर्ने समस्यालाई फिल्ममा रोचक ढंगले देखाइएको छ । फिल्मको कथामा भ्रष्ट नेता भूमिका पनि समावेश छ । अर्थात् कमेडी जनरामा बनेको फिल्मले राजनीतिलाई पनि छोएको छ । 

प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको यस फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्यदेव, वर्षा राउत, गौमाया गुरुङलगायतको मुख्य भूमिका रहेको छ । 

फिल्मले सुरुवाती दिनदेखि नै राम्रो व्यापार र चर्चा कमाएको छ । सुरुवाती तीन दिनमा फिल्मले स्वदेशमा मात्रै ४ करोड २५ लाखको व्यापार गरेको निर्माण पक्षको दाबी छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ५५ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने