दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित « Khabarhub

दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले सोमबार काठमाडौंमा आयोजना गरेको १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा दीपक पुरुष तथा सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । उनीहरूले अवार्डसहित जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

 त्यस्तै पौडीकी डुवाना लामा महिला तथा  राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल पुरुषतर्फ प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवंम नेपालका‌ लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भएका थिए ।

यसैगरी नवौं राष्ट्रि खेलकुदमा समावेश ३६ खेलबाट समान एक जनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : ०३ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा