रक्षामन्त्रीद्वारा सैनिक मुख्यालयको निरीक्षण « Khabarhub

रक्षामन्त्रीद्वारा सैनिक मुख्यालयको निरीक्षण


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवं व्यावसायिकताका साथ सम्पन्न गरेको बताएका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण पछि आयोजित कार्यक्रममा उनले सेना विषय परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताए ।

मन्त्री उप्रेतीले भने, “विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवं राष्ट्रिय एकता प्रवरर्द्धनमा गरेका उल्लेखनीय कार्यले सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान छ ।”

सुदृढ राष्ट्रिय सुरक्षा प्रणाली, आधुनिक एवं बलियो सेना, सबल अर्थतन्त्र, चुस्त कूटनीतिले नै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको सामर्थ्य मापन हुने बताउँदै उनले राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरण गर्नेबारे सरकार जानकार रहेको विचार प्रकट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले अहम भूमिका निर्वाह गर्दै आएको बताउँदै मन्त्री उप्रेतीले विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवं विश्व शान्ति स्थापनामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन सेनाले प्रशसनीय कार्य गरेको बताए ।

त्यस अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले संविधान प्रदत्त जिम्मेवारी र नेपाल सरकारबाट प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारी समयमानै पुरा गर्दैआएको बताए । सङ्गठनलाई प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा आई पर्ने चुनौतीलाई विधिसम्मत रुपमा पर्गेल्दै आएको बताउँदै उनले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाएको बताए ।

प्रधानसेनापति शर्माले भने, “सेनाले विश्वशान्ती कार्यमा सहभागी भई सैन्य कूटनीति प्रवर्ध्द र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको छ ।”

उनले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृध्दिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताए ।

त्यस अवसरमा मन्त्री उप्रेतीलाई सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १० : ५८ बजे

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र