इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत | Khabarhub Khabarhub

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिएको जेनेभास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए।

नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराएको राजदूत सुवेदीले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ९ : ३८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर