मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव « Khabarhub

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिएका हुन्  । उनले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको उल्लेख गर्दै सोह्रौँ योजनामा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए  । वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्ने भन्दै यसका लागि नीतिगत त्रुटि हटाउनुपर्ने उनले बताए । उनले जलविद्युत् र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने भन्दै उक्त क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आयोगको पुनःसंरचना गरेर कानुनीरुपमा थप सबल बनाएर जानुपर्ने धारणा राख्नुभयो । आयोगलाई सबल बनाउन सकेको खण्डमा मात्र १६औँ योजनाका रणनीति र कार्यनीति कार्यान्वयनका लागि सहज हुने उनको भनाइ छ । 

कार्यक्रममा बिभिन्न दलका नेता, सांसद र सरोकारवालाहरूलाई सोह्रौँ योजनाका विषयमा छलफल गर्न बोलाइएको थियो । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : ०३ बजे

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान

उपमहासचिवतर्फ सुरक्षित देखिएनन् ओलीका विश्वासपात्र विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्वका लागि एघारौँ महाधिवेशनमा भएको मतदानको

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरू)

लुम्बिनी– पुस महिनाको सुरुवातसँगै चिसो बढेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ– यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन

सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौं– हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क