मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव « Khabarhub

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिएका हुन्  । उनले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको उल्लेख गर्दै सोह्रौँ योजनामा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए  । वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्ने भन्दै यसका लागि नीतिगत त्रुटि हटाउनुपर्ने उनले बताए । उनले जलविद्युत् र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने भन्दै उक्त क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आयोगको पुनःसंरचना गरेर कानुनीरुपमा थप सबल बनाएर जानुपर्ने धारणा राख्नुभयो । आयोगलाई सबल बनाउन सकेको खण्डमा मात्र १६औँ योजनाका रणनीति र कार्यनीति कार्यान्वयनका लागि सहज हुने उनको भनाइ छ । 

कार्यक्रममा बिभिन्न दलका नेता, सांसद र सरोकारवालाहरूलाई सोह्रौँ योजनाका विषयमा छलफल गर्न बोलाइएको थियो । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ४ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया