सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? « Khabarhub

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ । यो साता नेप्से ४ दिन मात्र कारोबारमा आयो । वैशाख ११ गते कतारका राजा नेपाल आएका कारण सरकारले सार्वजनिक बिदा दिँदा नेप्से पनि बन्द भयो र उक्त दिन कारोबार भएन । 

अघिल्लो साताको बिहीबार १९.५६ अंकले घटेर १९७२.१४ विन्दु कायम भएर बन्द भएको नेप्से यो साताको पहिला दिन अर्थात् आइतबार १२.२९ अंकले बढ्यो । आइतबार नेप्से परिसूचक उच्चतम् १९८४.४६ बिन्दुमा पुग्यो भने न्यूनतम १९५३.२९ बिन्दुमा पुग्यो। आइतबार कारोबार बन्द हुँदा नेप्से ०.६२ प्रतिशतले बढेर १९८४.४३ विन्दु कायम रहेको थियो ।

आइतबार २ अर्ब २३ करोड ८१ लाख ४७ हजार रुपैयाँ बराबरको ५६ लाख ४३ हजार ८४७ कित्ता शेयर ४६ हजार ५९५ पटक किनबेच भयो । आइतबार १२ अंकले बढेको नेप्से सोमबार पुनः १५.४१ अंकले घट्यो । सोमबार नेप्से परिसूचक उच्चतम् १९९२.७८ विन्दु र न्यनतम १९६८.४२ विन्दुसम्म पुगेको थियो । सोमबार बजार बन्द हुँदा नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ बिन्दु कायम भयो । 

सोमबार २ अर्ब २ करोड २१ लाख ५० हजार रुपैयाँ बराबरको ५० लाख ५१ हजार ४४ कित्ता शेयर ३८ हजार १४८ पटक किनबेच भएर बजार बन्द भएको थियो । कारोबारको हिसाबले लगानीकर्ताको उत्साह सोमबार त्यति धेरै देखिएन । 

मंगलबार कतारका राजा आउने भएकाले सरकारले सार्वजनिक बिदा दिएका कारण नेप्से पनि बन्द भयो । उक्त दिन सोमबारको अन्तिम बजार मूल्य नै नेप्सेमा कायम रह्यो । बुधबार पुनः नेप्से कारोबार भएर बन्द हुँदा झिनो अंकले बढ्यो । बुधबार परिसूचक उच्चतम् १९७९.५७ बिन्दु र न्यूनतम १९६३.३४ विन्दुसम्म नेप्से पुगेको थियो । बुधबार नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दु कायम भएर बजार बन्द हुन पुग्यो । 

बुधबार कारोबारको हिसाबले पनि बजार झन कमजोर देखियो । बुधबार १ अर्ब ८९ करोड ५२ लाख ५ हजार रुपैयाँको ४७ लाख २४ हजार ८२७ कित्ता शेयर ३६ हजार ४९ पटक किनबेच भएको थियो ।

आज बिहीबार साताको अन्तिम दिन नेप्से ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३४८.१८ को बिन्दुमा कायम भएको छ । आज २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ८८ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

उपसमूहतर्फ १३ वटा समूहमध्ये ५ वटाको मात्रै बढेको छ भने ८ वटा समुह घटेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : १७ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान