सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? | Khabarhub Khabarhub

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ । यो साता नेप्से ४ दिन मात्र कारोबारमा आयो । वैशाख ११ गते कतारका राजा नेपाल आएका कारण सरकारले सार्वजनिक बिदा दिँदा नेप्से पनि बन्द भयो र उक्त दिन कारोबार भएन । 

अघिल्लो साताको बिहीबार १९.५६ अंकले घटेर १९७२.१४ विन्दु कायम भएर बन्द भएको नेप्से यो साताको पहिला दिन अर्थात् आइतबार १२.२९ अंकले बढ्यो । आइतबार नेप्से परिसूचक उच्चतम् १९८४.४६ बिन्दुमा पुग्यो भने न्यूनतम १९५३.२९ बिन्दुमा पुग्यो। आइतबार कारोबार बन्द हुँदा नेप्से ०.६२ प्रतिशतले बढेर १९८४.४३ विन्दु कायम रहेको थियो ।

आइतबार २ अर्ब २३ करोड ८१ लाख ४७ हजार रुपैयाँ बराबरको ५६ लाख ४३ हजार ८४७ कित्ता शेयर ४६ हजार ५९५ पटक किनबेच भयो । आइतबार १२ अंकले बढेको नेप्से सोमबार पुनः १५.४१ अंकले घट्यो । सोमबार नेप्से परिसूचक उच्चतम् १९९२.७८ विन्दु र न्यनतम १९६८.४२ विन्दुसम्म पुगेको थियो । सोमबार बजार बन्द हुँदा नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ बिन्दु कायम भयो । 

सोमबार २ अर्ब २ करोड २१ लाख ५० हजार रुपैयाँ बराबरको ५० लाख ५१ हजार ४४ कित्ता शेयर ३८ हजार १४८ पटक किनबेच भएर बजार बन्द भएको थियो । कारोबारको हिसाबले लगानीकर्ताको उत्साह सोमबार त्यति धेरै देखिएन । 

मंगलबार कतारका राजा आउने भएकाले सरकारले सार्वजनिक बिदा दिएका कारण नेप्से पनि बन्द भयो । उक्त दिन सोमबारको अन्तिम बजार मूल्य नै नेप्सेमा कायम रह्यो । बुधबार पुनः नेप्से कारोबार भएर बन्द हुँदा झिनो अंकले बढ्यो । बुधबार परिसूचक उच्चतम् १९७९.५७ बिन्दु र न्यूनतम १९६३.३४ विन्दुसम्म नेप्से पुगेको थियो । बुधबार नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दु कायम भएर बजार बन्द हुन पुग्यो । 

बुधबार कारोबारको हिसाबले पनि बजार झन कमजोर देखियो । बुधबार १ अर्ब ८९ करोड ५२ लाख ५ हजार रुपैयाँको ४७ लाख २४ हजार ८२७ कित्ता शेयर ३६ हजार ४९ पटक किनबेच भएको थियो ।

आज बिहीबार साताको अन्तिम दिन नेप्से ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३४८.१८ को बिन्दुमा कायम भएको छ । आज २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ८८ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

उपसमूहतर्फ १३ वटा समूहमध्ये ५ वटाको मात्रै बढेको छ भने ८ वटा समुह घटेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : १७ बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा