सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट  « Khabarhub

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले जलेर आज चार घर नष्ट भएका छन् । 

स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर आगोले जलेर खरानी भएको छ । अन्य केही घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हुँदै थियो । सोही क्रममा एक्कासि आगलागी भएको हो । आगलागीबाट विवाहका लागि ल्याएको लत्ता कपडा, अन्नपात, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ । 

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन वारुणयन्त्र प्रयोग गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। आगलागीबाट भएको क्षतिको प्रहरीले  विवरण संकलन गरिरहेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ७ : ३२ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई