नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास  « Khabarhub

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको छ ।

भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत, जिल्ला सुरक्षा समितका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारीहरू र स्थानीयको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १७ गण चितवन, नं. १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट लाइफ बोट थ्रो ब्याग जस्ता विपद् सामाग्रीको प्रयोग गरी नदिमा बगिरहेका व्यक्तिहरूको उद्धार तथा नारायणी पुलबाट स्लेदरिङ्ग विधिको प्रयोग गरी उद्धारकर्ताहरू झरेर कसरी नदिमा बगेका व्यक्तिहरूको उद्धार गरिन्छ भन्ने अभ्यासहरू समेत देखाएका थिए ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी चितवनको सहभागितामा मौसमजन्य विपद् प्रकोपको प्रतिकार्य तथा वाटर रेस्क्यु सम्बन्धी कृतिम अभ्यास गर्नुकासाथै उद्धार गरिएका घाइतेहरूलाई मेडिकल रेस्पोन्डर र रेडक्रस सोसाइटीका प्रतिनिधिहरूको सहयोगमा मास क्याजुएल्टी भेइकलद्धारा अस्पताल पठाउने उपायहरूको समेत डेमोस्ट्रेसन गरिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ७ : ५९ बजे

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो