गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना « Khabarhub

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई चाउचाउ कम गुणस्तरको भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गरेको हो ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको विभागले जनाएको छ। वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।

महानगरपालिकाको वडा नं ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं एएल वाईएल २ का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो। यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको हो ।

प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए ।

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४  एम जी केओएच/ जी देखिएको छ । यसको भ्यालु १ एम जी केओएच/ जी भन्दा बढी हुनु हुँदैन ।

खाद्य प्राविधिक बस्नेतकाअनुसार यसले तेलको गुणस्तर नभएको पुष्टि गर्छ । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १० : ३७ बजे

पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

काठमाडौं– पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको