यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती « Khabarhub

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको गाउँ र भोजपुरमा विशेष कार्यक्रम गरेर स्मरण गरिएको छ ।

प्रजातान्त्रिक योद्धा जननायक राईको ११७ औँ जन्मजयन्तीका अवसरमा उनकै जन्मस्थल रामप्रसाद गाउँपालिकाको बासिखोरास्थित आफ्नै निवासमा विशेष कार्यक्रम गरिएको हो ।

उनको जन्मस्थलसँगै सदरमुकाम भोजपुर, विराटनगर र काठमाडौंमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर जन्म जयन्ती मनाइएको छ ।

कार्यक्रमममा देशमा प्रजातन्त्र, स्वतन्त्रता र जनअधिकार स्थापनाका लागि संघर्षरत रहँदा रहँदै बेपत्ता पारिएका प्रजातान्त्रिक योद्धा राईको योगदान, साहस र राष्ट्रप्रेमको स्मरण गरिएको छ।

उता ललितपुरस्थित केन्द्रीय कार्यसमितिले पनि रामप्रसादको स्मरण गरेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय समितिले कीर्तिपुरको चोभारस्थित असहाय बालगृहका लागि खाद्यान्न र कपी कलमसहितका सामग्री विवतरण गरेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : ५५ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान