चाउचाउ नियमित खाजा किन होइन ? कस्तो छ सरकारले तोकेको गुणस्तर ? | Khabarhub Khabarhub

चाउचाउ नियमित खाजा किन होइन ? कस्तो छ सरकारले तोकेको गुणस्तर ?


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वैशाख १२ गते काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक कम्पनी सीजी फूड्सको मातृ कम्पनी चौधरी ग्रुपलाई गुणस्तरहीन चाउचाउ बेचेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गर्‍यो। चौधरी ग्रुपबाट उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भेटिएपछि महानगरपालिकाले जरिवाना गरेको थियो ।

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिम कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम महानगरले चौधरी ग्रुपलाई जरिवाना गरेको हो ।

महानगरले २०८० चैत महिनामा उत्पादित चाउचाउ जफत गरेर १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । गुणस्तर परीक्षणमा वाइवाइ चाउचाउ फेल भयो । चाउचाउमा एसिड भ्यालु अधिक रहेको पाइएको हो ।

गुणस्तर परीक्षणमा असफल भएको र जरिवाना गरिएको समाचार बाहिरिएपछि चौधरी ग्रुपले भ्रमपूर्ण हल्ला फैलाइएको दाबी गर्‍यो । तर महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले निर्धारित भन्दा अधिक मात्रामा एसिड प्रयोग गरेको प्रमाणित भएको ल्याब रिपोर्ट नै सार्वजनिक गरिदिए । त्यसपछि चौधरी ग्रुपका अधिकारीहरू गुपचुप बसेका छन्‌ ।

चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एमजी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले जनाएको छ ।

गुणस्तर फेल भएको चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुप सानेपालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ भने ब्याच नं ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएपछि सवै चाउचाउ फिर्ता गरिएको थियो ।

महानगरका अनुसार चौधरी ग्रुपबाट उत्पादित उक्त चाउचाउलाई सन २०१५ मा भारतको आसाम क्षेत्रमा पनि प्रतिबन्ध लगाइएको थियो । प्रयोगशाला परीक्षणका क्रममा चाउचाउको नमुनामा उच्च मात्रामा सिसाको मात्रा भेटिएपछि भारतका विभिन्न राज्यले चाउचाउमा प्रतिबन्ध लगाएका थिए ।

सिसा एक प्रकारको भारी धातु हो । जसको सीमाभन्दा बढी सेवन गर्दा छाला र आन्द्रासम्बन्धी रोग लाग्न सक्ने विभिन्न अध्ययनमा उल्लेख छ ।

के चाउचाउ नियमित खाजा हो ?
१५ वर्षीया रोजी तामाङ चटपटे र पानीपुरीकी नियमित खपतकर्ता ग्राहक हुन् । साँधेको चाउचाउ उनलाई अत्ति नै मन पर्छ ।

भन्छिन्, ‘दिनमा एक न एक पटक त खान्छु नै ! चटपटेमा चाउचाउ हालेपछि स्पाइसी बन्छ, मीठो हुन्छ ।

पछिल्लो समय १० देखि २० रुपैयाँ पर्ने वाइवाइ, रमपम, प्रिती लगायत चाउचाउ चटपटे बनाउन अधिक प्रयोग हुन्छ । सडकछेउ, स्कूल नजिक र ग्राहक बढी हुने किनमेल भवन (सपिङ मल) नजिक चटपटे स्टलमा मालाजस्तै झुन्ड्याएर चाउचाउ राखेको देखिन्छ ।

चटपटे र पानीपुरीमा मात्रै कति चाउचाउ खपत हुन्छ भन्ने थाहा पाउन त्यस्ता पत्रु खाना (जङ्क फूड) बेच्नेहरूकै भनाइबाट थाहा हुन्छ । दिन्भर दुई कार्टुन चाउचाउ सकिने बताउँछिन् – कैलालीको टीकापुरस्थित कर्णाली स्कूलअघि स्टल राखेर बस्ने एक चटपटे व्यापारी । साना बालबालिकादेखि प्रौढ महिलासम्म उनले बनाउने चटपटेका पारखी हुन् । उनका ग्राहक अधिकांश विद्यार्थी र गृहणी हुने गरेका छन् ।

१० वर्षीय नविन शर्मा पनि चाउचाउ मन पराउँछन् । उनकी आमाले भनिन्, ‘घरमा पनि चाउचाउ र स्कुलमा खाजा पनि चाउचाउ नै भन्छ । अरू खाजा खान मन गर्दैन । रोजी र नवीन जस्तै धेरै बालबालिकाको प्रिय खाजामा पर्छ चाउचाउ ।’

केही अघि सार्वजनिक तथ्यांक अनुसार नेपालमा मासिक साढे ५ करोड प्याकेट चाउचाउ खपत हुन्छ । जसमध्ये खैरो चाउचाउको खपत कुल बिक्रीको ९० प्रतिशत छ ।

बजारमा सुप स्प्रे नगरिएको सेतो चाउचाउमा रारा र सुप स्प्रे गरिएको खैरोमा वाइवाइको बर्चस्व रहेको मानिन्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा गाउँदेखि शहरसम्म, घरदेखि कार्यालय तथा स्कूलमा चाउचाउले परम्परागत खाजालाई नै विस्थापित गरिदिएको छ ।

चाउचाउले स्वास्थ्यमा पार्ने असर
बजारमा दर्जनौँ ब्राण्डका चाउचाउ उपलब्ध छन् । सहजै उपलब्ध तथा पकाउन छिटो-छरितो हुने हुनाले धेरैको रोजाइमा चाउचाउ नै पर्ने गरेको छ । तर, चाउचाउले स्वास्थ्यमा निकै हानी गर्ने पोषणविद बताउँछन् ।


पोषणविद् डा. अरूणा उप्रेती भन्छिन्, ‘चाउचाउले बालबालिकालाई धेरै नै असर गर्छ । बालबालिकालाई सानैदेखि चाउचाउ खान दिँदा उनीहरूको कलेजो र मिर्गौलामै असर पार्छ । साथसाथै मोटोपन समस्या स्वतः निम्त्याउँछ । यस्ता खानेकुरा खाने बानी परेका बालबालिकाले घरमै पकाएको स्वस्थकर खाना रूचाउँदैनन् । जसकारण उनीहरूमा कूपोषण देखिन्छ ।’

उनका अनुसार अत्यधिक चाउचाउ सेवनले रोग प्रतिरोधात्मक क्षमता नै घटाउँछ । समाजको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले नै चाउचाउबारे गलत प्रचार गर्दा आम नागरिकमा भ्रम पैदा भएको उनको भनाइ छ ।

‘नाम चलेका कलाकारले नै चाउचाउ लगायत अन्य जङ्कफूडको प्रचा गरिदिँदा समस्या थप बढेको छ । यसमा भिटामिन प्रशस्त मात्रमा पाइन्छ जस्ता भ्रमपूर्ण विज्ञापनको लहैलहैमा पनि चाउचाउ लगायत पत्रु खाना सेवन अत्यधिक भइरहेको छ,’ डा. उप्रेती भन्छिन्, ‘नियमित चाउचाउ खाँदा यसको स्वाद बस्छ । एकप्रकारले चाउचाउ खाइरहूँ लाग्नु कुलत नै हो । यसको असर नेपाली समाजमा देखिन शुरू भइसकेको छ । जसको परिणाम – नसर्ने रोगको समस्याले विकराल रूप लिइरहेको छ ।’

त्यसैले यस्ता अनावश्यक र भ्रमयुक्त विज्ञापनहरू तत्काल बन्द गर्नुपर्ने उनको भनाई छ ।

‘नियमित खाना हुँदै होइन’
पोषणविद् भूपाल बानियाँ चाउचाउ नियमित खाना नै नभएको बताउँछन्‌ । भूकम्प र बाढीपहिरो लगायत प्राकृतिक प्रकोप आउँदा तथा त्यस्तै अप्ठेरो परिस्थितीमा प्रयोग गर्ने खाजामात्रै भएको, तर नियमित खानाकै रूपमा प्रयोग गर्दा स्वास्थ्य समस्या निम्तिने उनको भनाई छ ।

‘चाउचाउ खानै हुँदैन, खानेबित्तिकै नराम्रो असर गर्छ भन्ने होइन’, बानियाँ भन्छन्‌, ‘तर यसलाई नियमित खाजा र खानाको रूपमा प्रयोग गर्न थाल्यौं भने स्वास्थ्यमा असर गर्छ ।’


चाउचाउमा मिसाइने अजिनामोटो, नुन, चिल्लो पदार्थ लगायत तत्वहरूले मुटुको रोग लाग्ने, प्रेसर बढ्ने उनले जानकारी दिए । अजिनामोटोको प्रयोगले त पेटसम्बन्धी क्यान्सर नै गराउने विभिन्न अध्ययनहरूबाट पुष्टि भएको उनको भनाइ छ । चाउचाउलाई स्वादिलो बनाउन प्रयोग गरिने रसायनहरूले छाला तथा पेटसम्बन्धी रोगहरू लाग्ने सम्भावना उनी बताउँछन्‌ ।

गुणस्तरबारे के भन्छ विभाग ?
सरकारले खाद्यपदार्थको गुणस्तर मापदण्ड नै बनाएको र स्वास्थ्यमा असर पर्ने गरी कुनै पनि उद्योगले उत्पादन गर्न नपाउने खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

खबरहबसँग कुरा गर्दै प्रवक्ता महर्जनले भने, ‘लाइसेन्स लिएर उत्पादन गरिएकाका हकमा हामी उद्योग नै निरीक्षण गर्छौं । प्रयोगशाला परीक्षण (ल्याब टेष्ट) गरेर नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उत्पादन गरेपछि मात्रै उसले बिक्री अनुमति पाउँछ । स्वास्थ्यमा असर गर्ने खालको केही कुरा भेटिए कुनै पनि उद्योगले उत्पादन तथा बिक्री-वितरण गर्न पाउँदैन ।


उनका अनुसार विभागले विभिन्न ४० वटा कार्यालयमार्फत उत्पादनहरूको गुणस्तर नियमन गर्छ । अस्वस्थकर र गुणस्तरहीन उत्पादनका हकमा खाद्य ऐन अनुसार कारबाही गर्ने गरिएको उनले दाबी गरे ।

‘वाइवाइ लगायत ठूला उद्योगका उत्पादन शतप्रतिशत राम्रै हुन्छ भन्ने पनि हुँदैन, कहिलेकाहीँ नराम्रो पनि हुन्छ, हामीले जाँचेर आवश्यक कारबाही गर्ने गरेका छौं,’ उनले भने ।

चाउचाउ उत्पादनमा सरकारले तोकेको मापदण्ड

सरकारले २०५७ माघ २३ गते नै राजपत्रमा सूचना प्रकाशन गरी खाद्यपदार्थ गुणस्तर निर्धारण गरेको थियो । जसअनुसार तयारी र सिन्के चाउचाउमा तोकिएको गुणस्तर यस्तो छः

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  २ : १९ बजे

बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाउँछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन

विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग

नेपालले १८ ओभरमा गुमायो ७ विकेट : गुल्सन झा आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ७

अवरुद्ध मुग्लिन–मलेखु खण्ड सुचारु

चितवन– पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडकखण्ड पुनःसञ्चालनमा आएको छ ।

नेपालले १७ ओभरमा गुमायो छैटौ विकेट : कुशल मल्ल आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ६