बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु « Khabarhub

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ ।

सबै नगरवासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो ।

नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिए ।

उनले डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, उक्त घर केबाट बनेकोलगायतका ९० किसिमका जानकारी राखिएको बताए ।

उनले भने, ‘सुरक्षाका हिसाबले गोप्य सूचनामा सम्बन्धित घरधनीबाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाएका छौं ।

नगर प्रमुख केसीले शुक्रबार साँझ बेनी नगरपालिका–८ न्यूरोडका लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गरेर अभियान सुरुआत गरे ।

पहिलो चरणमा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १ हजार नौ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने नगर प्रमुख केसीले बताए ।

उनका अनुसार बेनी नगरपालिकाको १० वटै वडाका सात हजार दुई सय घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिएको छ ।

७ र ८ नम्बरबाहेकका वडाका घरमा राखिने डिजिटल नम्बर प्लेट छपाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ७ : १४ बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म